झापामा घुससहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा « Khabarhub

झापामा घुससहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक गरी जम्मा १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर