मुलुकमा भ्रम छर्ने काम भयो, चिर्नुपर्छ : अध्यक्ष ओली « Khabarhub

मुलुकमा भ्रम छर्ने काम भयो, चिर्नुपर्छ : अध्यक्ष ओली


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए । उहाले नेपालजस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे ।

नागरिक सर्वोच्चताको कुरा सुन्न नचाहनेहरु विरुद्ध जनतालाई सजक बनाउने काम एमालेले गर्नुपर्ने उनले बताए । उनले नेपालमा रहेका अथाहा प्राकृतिक स्रोतहरुको उपयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले एमाले अध्यक्ष नफेरिने पार्टी नभएको र गतिशील पार्टी भएको जिकिर गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ५४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन