कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ « Khabarhub

कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

सोमबार कोशी प्रदेशको घटना क्रमका विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमीक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् ।

छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कोशीमा एमालेसँगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उनले बताए ।

उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे । माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफूहरुको असहमति गरेको उनको भनाइ छ ।

शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिलाई चिर्कटो भएको भन्दै त्यसमा पनि दुई महामन्त्रीको सहमति नरहेको स्पष्ट पारे ।

कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए । घटनापछि अहिलेको मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४५ बजे

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज