बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा | Khabarhub Khabarhub

बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ । सहलेशका लागि एक विरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोलेका थिए । सिराहाकै फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई शून्य बनाए ।

विलाल घलानको पासमा सिराहाका फोफोना ईभ्राईनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पु¥याउन सफल भएका थिए । खेलको पहिलो आधा तीन शून्य भएको खेलको दोस्रो आधामा सिराहाकै फोफोना ईभ्राईनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल भए । युकेएफसी भारतले सलहेस युवा क्लब सिराहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो । खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाउन सफल भएका थिए।

खेलका म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना इभ्राइम घोषित हुनुभयो । मङ्गलबार रारा फुटबल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाइज काठमाडौँकाबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । प्रतियोगितामा विजेताले नगद रु आठ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद रु पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ४८ बजे

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया