पर्यटनमन्त्रीद्वारा विमानस्थलको आन्तरिक टर्मिनल अनुगमन « Khabarhub

पर्यटनमन्त्रीद्वारा विमानस्थलको आन्तरिक टर्मिनल अनुगमन


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन् ।

चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री विमानस्थल पुगेको उनको निजी सचिवालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन् ।

त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन् ।

मन्त्रालयमा भएको छलफलमा हवाई भाडा घटाउन व्यवसायी सहमत भएको मन्त्रालयले जनाएको छ । महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र काठमाडौँ बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै जाने सहमति भएको जनाइएको छ ।

विमानस्थलका पसलका व्यापारीले महँगोमा सामान बेचेको यात्रुको गुनासो गरेका थिए । मन्त्री किरातीले सामानमा एमआरपी मूल्य कायम गर्न आग्रह गरेका थिए। उनले म आफू अर्को पटक आउँदा यस्तै गुनासो आए कारबाही गर्ने चेतावनी दिए।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न