सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  

धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् । 

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकोमा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा-३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । 

खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया