टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते | Khabarhub Khabarhub

टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ८ : ४५ बजे

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विशेष पहल गर्छौं : मन्त्री किराती

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध

जोगप्रसाद : ज्ञानगंगाका पुजारी

उनले घरजम गरेनन् । खुट्टामा जुत्ता लगाउँदैनन् । कछाड बेरेपछि

एनसेलको शेयर बिक्रीमा नेपालका नेताको पनि संलग्नता छ : सांसद सिंह

काठमाडौं – स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले सरकारको स्वामित्वमा आउन

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भयो : सांसद सिंह

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली

दैलेख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा