सलमानको ‘टाइगर ३’ ले गरेन अपेक्षित ब्यापार « Khabarhub

सलमानको ‘टाइगर ३’ ले गरेन अपेक्षित ब्यापार


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ । सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।  

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ । सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ ।

यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा  केही तथ्यांकहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ३० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र