भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा « Khabarhub

भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।

उनलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धाराशयी बन्दै गएकोप्रति निक्कै चिन्ता बढाएको छ । उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनको गुनासो छ । भारतीय फूल सिमा, नाकाबाट नभित्र्याउने सरकारले निर्णय गरे तापनि अवैधानिक बाटोबाट भित्रिँदा मधेशमा माली लगायत किसानहरूलाई व्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।

भण्डारी जस्तै जनकपुर-६ का जितेन्द्र भण्डारीको पनि उही चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडि चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफूहरू संकटमा परेको उनले बताए ।

पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौँ माली समुदाय यो पेशाबाट विस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।

पुजा कर्मका लागी दैनिक हजारौँ मालाहरू बेच्ने गरेको अनुभव सुनाउँदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएको उनको भनाइ छ । तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिँदा यसलाई उल्लेख गरिएको थियो ।

पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरूका लागी नेपाल आकर्षक बजार बनेको छ ।

भारतबाट आयात भएका फूल कै कारण बर्दिबासमा आएर फूल बेच्ने कयौँ व्यापारीले बिक्री नभएपछि हजारौं मालाहरू डस्टबिनमा फ्याँकेका थिए । तर, बजार आँकलन गरेर फूल बेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १२ : १९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत