मङ्गोलियाका लागि नेपाली राजदूत श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

मङ्गोलियाका लागि नेपाली राजदूत श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उलान बटार- मङ्गोलियाका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले त्यहाँका विदेशमन्त्री न्यामदोर्ज अङ्खबायारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गरेका छन् ।

राजदूत श्रेष्ठलाई स्वागत गर्दै मन्त्री अङ्खबायारले नेपालसँगको सम्बन्ध र सहयोग विस्तार गर्न आफ्नो मुलुक तत्पर रहेको बताए । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठक नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै उनले यो वर्षको शिशिर याम समाप्त हुने वित्तिकै संयन्त्रको बैठक आयोजना गर्न आफू इच्छुक रहेको बताए ।

नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार गर्न दुई देशबीच हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले दुवै देशका बौद्धमार्गीका माध्यमबाट जनतस्तरको सम्बन्धलाई अझ सबल बनाउन मद्दत पुग्ने बताए ।

त्यस अवसरमा शिष्टाचार महापाललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ५ : ३१ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा