उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए « Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो, जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो ।

उक्त कारबाहीका क्रममा गोलाबारी शुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चारजना आतङ्ककारीहरू मारिएको जनाइएको छ ।

‘ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए’ विज्ञप्तिमा भनिएको छ ।

अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एक जना सैनिकको मृत्यु भएको आईएसपीआरले जनाएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– ‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ६ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार