शैक्षिक कोषका लागि देउसीभैलो « Khabarhub

शैक्षिक कोषका लागि देउसीभैलो


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्ने क्रम बढेको छ । तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् ।

व्यास नगरपालिका–१२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर रु दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता कोषको सहयोगार्थ विद्यार्थीले भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।

‘मेरो अमरज्योति म बनाउँछु’ अभियानअन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिए । उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले भने, “विद्यालयको कोषमा रकम जुटाउन विद्यार्थीले भैलो सुरु गरेका छन् । यो केही दिन जारी रहन्छ ।”

यसैगरी भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर रु चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले छात्रवृत्ति कोषका लागि भैलो सुरु गरेको छ । क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवं पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्यसहित भैलो सुरु गरेको हो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भने, “लक्ष्मीपूजाको दिनदेखि भैलो खेल्न सुरु गरिएको छ । भैलोबाट सङ्कलित रकम विद्यार्थीको हितमा प्रयोग हुन्छ ।” व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले पनि भैलो कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य शैक्षिक संस्था, आमासमूह, क्लब लगायतले पनि निश्चित उद्देश्य राखेर भैलो खेलिरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको