भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो « Khabarhub

भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई)ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ ।

सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूकाअनुसार सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य डेटा सङ्कलन गरिएको छ ।

अक्टोबर २०२३ को महिनामा, एनएसओ (राष्ट्रिय तथ्याङ्क कार्यालय) ले ९९.८ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको छ भने बजारअनुसार मूल्यहरू ग्रामीण क्षेत्रमा ८९.० प्रतिशत र शहरीका लागि ९२.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अक्टोबरमा खुद्रा मुद्रास्फीतिमा भएको सहजता मुख्यतया खाद्यान्नको मूल्यमा आएको तिब्र्र कमी, विशेषगरी तरकारीको मूल्य र एलपीजी मूल्य कटौतीको प्रभावलाई दिइएको छ ।
स्रोत एएनआइ

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : २८ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका