रामपुरका अग्निपीडितलाई सहयोग « Khabarhub

रामपुरका अग्निपीडितलाई सहयोग


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन् ।

यही कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका दुई परिवारमा भौतिक क्षति भएको थियो । स्थानीय एकबहादुर तोलाङ्गी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो । तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाँडाकुँडा जलेको थियो । उनका अनुसार सो घटनामा करिब रु १६ लाख ५० हजार बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो ।

मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए । पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई एक–एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र कम्बल पनि वितरण गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : १२ बजे

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)

काठमाडौं– धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा