प्रिमियर लिग : टोटनहमको सहज जित « Khabarhub

प्रिमियर लिग : टोटनहमको सहज जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा नोटिङ्घम फोरेस्टलाई २–० गोलले हराउँदै टोटनहम विजयी भएको हो ।

टोटनहमका रिचार्लिसन र देजान कुलुसेव्स्कीले एक–एक गोल गरेका थिए ।  रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयमा टोलीका लागि सुरुवाती गोल गरेका थिए भने कुलुसेव्स्कीले ६५औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै टोटनहम १७ खेलबाट ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ । पराजित भएको नोटिङ्घम १५ अंकसहित १६औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको आर्सनलको ३६ अंक छ । यस्तै, तेस्रो स्थानको एस्टन भिल्लाको ३५ अंक छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५० बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर