प्रिमियर लिग : टोटनहमको सहज जित « Khabarhub

प्रिमियर लिग : टोटनहमको सहज जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा नोटिङ्घम फोरेस्टलाई २–० गोलले हराउँदै टोटनहम विजयी भएको हो ।

टोटनहमका रिचार्लिसन र देजान कुलुसेव्स्कीले एक–एक गोल गरेका थिए ।  रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयमा टोलीका लागि सुरुवाती गोल गरेका थिए भने कुलुसेव्स्कीले ६५औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै टोटनहम १७ खेलबाट ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ । पराजित भएको नोटिङ्घम १५ अंकसहित १६औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको आर्सनलको ३६ अंक छ । यस्तै, तेस्रो स्थानको एस्टन भिल्लाको ३५ अंक छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर