जन्मघर पुग्दा केपी ओली मख्ख ! « Khabarhub

जन्मघर पुग्दा केपी ओली मख्ख !


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा पुग्दा निकै हौसिए । त्यहाँ उनले बाल्यकालमा संगत गरेका साथीभाइसँग संवाद गरे । कसैसँग लाउडस्पिकरमा फोन गरे ।

८१ वर्षका तीलबहादुर गहतराजले केपी ओली ६ महिनाको हुँदा आमाको मृत्यु भएको र आफ्नै आमाको दूघ खाएर हुर्किएको सम्झिए । ओलीले पनि तीलबहादुरका बारेमा भने, ‘म तीलबहादुर गहतराज दाइकै आमाको दूध खाएर हुर्केको । मलाई बाल्यकालमा उहाँसँगै स्कूल गएको सम्झना आयो ।’

शनिबार बिहानै चिया पिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले भनेका छन्, ‘नमस्कार, शुभ बिहानी ! मेरो जन्मघर आठराई इवाबाट । चिसो धेरै छ । गाउँमा बिहानको तातो चिया ठूलो गिलासमा खानुको मज्जा बेग्लै छ। आज हाम्रो यात्रा तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने छ।’

त्यसो त शुक्रबार राति पनि ओलीले फेसबुकमा पोष्ट गर्न भ्याएका थिए । उनले भनेका थिए, ‘जन्मघरबाट शुभरात्रि ! जन्मघर इवा पुग्दा बाल्य जीवनका रमाइला दिनहरूको खुब सम्झना भयो ।’

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/1262463884700235

तीलबहादुरले पनि आफूभन्दा ८ वर्ष कान्छो ओलीसँग खेलेका पुराना दिन सम्झँदै भने, ‘ए… एकदुमसँग गिर खेलियो भैँसेमा ।’

पार्टीले आयोजना गरेको महाकाली मेची यात्राका क्रममा गाउँ पुगेका ओली भन्छन्, ‘यसपालि तेह्रथुम आउँदा म एक्लै थिइनँ, महाकालीदेखि यात्रारत यात्रीहरू पनि सँगै हुनुहुन्थ्यो। विकास गाउँ पुग्न थालेको छ, तर गाउँमा बस्नेहरू गाउँ छोड्न थालेका छन् । हामी गाउँहरूलाई कसरी सुविधा र कमाइको केन्द्र बनाउने भन्ने कुराकानी गर्दै पश्चिमदेखि पूर्वसम्मै हिँडिरहेका छौं।’

गाउँको छातेढुङ्गामा पत्नी राधिकासँग खिचेको तस्बिर पनि ओलीले फेसबुकमा हालेका छन् ।

केपी ओलीले समूहमा उभिएर गाउँले संगीसँग लाउडस्पिकरमा कुराकानी गरेको भिडियो पनि सामाजिक सञ्जालबाट प्रचार गरेका छन् ।

महाकालीदेखि दुई सातासम्म पहाडको यात्रा गरिरहेका ओलीलाई गाउँलेले पूर्वेली लवजमा भन्छन्, ‘बडो खुशी लाग्यो हौ, तपाई दह्रो, धेरै स्वस्थकर हुनुहुँदो रहेछ । तपाईँसँग झुम्राको गोल खेलेको याद आयो ।’

ओलीले साथीलाई भने, मैले चौतारीबाट गैरीतिर पनि यसो हेर्दै हिँडें ।’

ओलीका साथीले गाउँमा मानिसहरू नबसेको र सुनसान बनेको चिन्ता गर्दा ओलीले जवाफमा हल्का गफ दिए, ‘हैन, यहाँ मान्छे छैनन् छैन र म योजना गर्दैछु । यहाँ (गाउँमा) मान्छे आउने खालको योजना नि । कसरी कृषि गर्ने र यो ठाउँको….।’

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/322943273944989

गाउँ छाड्ने बेलामा ओलीले स्टाटस लेखे, ‘यसपटक जन्मघरको बसाइ यत्ति नै । अब यात्रा पाँचथरतिर अघि बढ्दै छ । यात्राका क्रममा जन्मघरको एक रात बसाइबाट मैले यहाँका बोट बिरुवा, छिमेकी, बालसखा र हावापानीको न्यास्रो मेट्ने अवसर पाएँ। अब अर्को समय मिलाएर आउने छु ।’

नेकपा एमालेले महाकालीबाट मंसिर १४ देखि महाकालीबाट शुरु गरेको यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर आइतबार सकिँदैछ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ११ : ३९ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त