भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा | Khabarhub Khabarhub

भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायादेखि केही घरायसी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग संघर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न एक लाखभन्दा बढी खर्च हुने अनुमान छ ।

भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नुभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा छन् ।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरूपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्पाचौरका कालीबहादुर बुढाले बताए ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, ‘बारेकोटमा पर्याप्त मात्रामा राहत सामग्री नआउँदा कठिनाइ खप्नु परेको छ । त्रिपाल प्राप्त भएका छन् तर तिनलाई जोड्ने कुनै पनि सामग्री आएका छैनन्  खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ ।’

नलगाड नगरपालिकामा  अस्थायी आवास निर्माण बनाउन बजेट  प्राप्त भएको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको स्पष्ट गरेको छ । भूकम्पप्रभावित जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा दुई हजार पाँच सय ४९ परिवार, नलगाड नगरपालिकामा आठ हजार ९७, छेडागाड नगरपालिकामा तीन हजार छ सय ६४, बारेकोटमा पाँच हजार पाँच सय ८६ परिवार, कुशेमा पाँच हजार दुई सय ८६, जुनिचाँदेमा दुई हजार पाँच सय ३६, शिवालयमा तीन हजार तीन सय नौ गरी जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् ।

हालसम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा छ करोड ३७ लाख २५ हजार, नौ करोड १६ लाख, बारेकोटमा १३ करोड ९६ लाख ५० हजार, कुशेमा १३ करोड २१ लाख ७५ हजार, शिवालयमा आठ करोड २७ लाख २५ हजार प्रदान गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ३७ बजे

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा