जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्छ : मन्त्री शर्मा « Khabarhub

जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्छ : मन्त्री शर्मा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अवस्थासँगै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले मुलुकको अवस्था परिवर्तन भएपछि सन्तोषजनक रुपमा जनताको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी हुन् । 

व्यवस्था परिवर्तनका लागि एकता भएजस्तै व्यवस्थाको सुदृढिकरणको साथै देखिएका समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताइन् । उनले अहिले राजनीतिक, साहित्यिक लगायतका क्षेत्रमा निष्ठाको खडेरी देखिएकाले निष्ठाको खडेरी चिर्ने चुनौति रहेको जिकिर गरिन्  । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएको अधिकारहरूको पूर्णप्रयोगको अवस्थामा जनतालाई पुर्‍याउनुपर्ने बताएकी छन् ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो भने खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको थियो ।  

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ४३ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको