गाजामा गल्तीवश ३ बन्धक मारिए : इजरायली सेना « Khabarhub

गाजामा गल्तीवश ३ बन्धक मारिए : इजरायली सेना


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीवश मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए ।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, “शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए ।” “आईडीएफ यस दुखद् घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा समवेदना प्रकट गर्दछ ।’’

उनीहरूको शव इजरायलमा सारिएको थियो । अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् ।

“सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,” उनले भने । ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ । घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहुको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए ।

प्रदर्शनकारीहरूले इजरायलको झण्डा र प्लाकार्ड बोकेका देखिन्थ्यो । एउटा प्लाकार्डमामा लेखिएको थियो, “हरेक दिन एक जना बन्धकको मृत्यु हुन्छ ।” “मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएक एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भने, “हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौं ।”

गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो । त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ५७ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक