कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन « Khabarhub

कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन् ।

‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व. अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुवेती अधिकारीहरुले अमिरको निधनको कारणबारे केही खुलाएका छैनन् । अब उनका सौतेनी भाइ शेख मेशाल अल अहमद अल अबार अल सबाह नयाँ अमिर बन्ने कुवेतका उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद् मामिलाका राज्यमन्त्री इसा अल कन्दारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

यसअघि सन् २०२० मा सौतेनी दाजु शेख सबाह अल अहमद अल जबार अल सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतका नयाँ अमिर बनेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : १८ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक