चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई « Khabarhub

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

दोलखा–बिहीबारदेखि सुरु भएको चौथो वैतेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हनुमन्तेश्वर माविले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

वैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, ५ रजत र ४ काँस्य गरी १९ पदक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।

त्यस्तै, जनज्योती मावि ७ स्वर्ण, ४ रजत र २ काँस्यसहित १३ पदक प्राप्त गर्दै दोस्रो भएको छ । त्यस्तै, सनराइज एकेडेमी ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित १० पदक प्राप्त गर्दै तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विभिन्न विधामा २२ वटा खेलहरु समावेश गरिएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पालिका भित्रका ८ वटा सामुदायिक र एक निजी विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको