चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई | Khabarhub Khabarhub

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

दोलखा–बिहीबारदेखि सुरु भएको चौथो वैतेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हनुमन्तेश्वर माविले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

वैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, ५ रजत र ४ काँस्य गरी १९ पदक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।

त्यस्तै, जनज्योती मावि ७ स्वर्ण, ४ रजत र २ काँस्यसहित १३ पदक प्राप्त गर्दै दोस्रो भएको छ । त्यस्तै, सनराइज एकेडेमी ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित १० पदक प्राप्त गर्दै तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विभिन्न विधामा २२ वटा खेलहरु समावेश गरिएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पालिका भित्रका ८ वटा सामुदायिक र एक निजी विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका