इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो « Khabarhub

इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगी मुद्दामा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले यूएईबाट पक्राउ गरी नेपाल ल्याएको छ । एनसीबी अबुधावीको समन्वयमा यूएईको दुबईमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा  सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेको प्रहरीले जनाएको छ । उपाध्यायसमेत सञ्चालक रहेको एक कन्सल्टेन्सीले दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाइ भिजिट भिसामार्फत दुबई बोलाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध ५१ जना पीडितहरूले रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भनेबमोजिम रोजगारीमा नलगाइ ठगी गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए ।

प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी