इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो | Khabarhub Khabarhub

इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगी मुद्दामा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले यूएईबाट पक्राउ गरी नेपाल ल्याएको छ । एनसीबी अबुधावीको समन्वयमा यूएईको दुबईमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा  सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेको प्रहरीले जनाएको छ । उपाध्यायसमेत सञ्चालक रहेको एक कन्सल्टेन्सीले दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाइ भिजिट भिसामार्फत दुबई बोलाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध ५१ जना पीडितहरूले रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भनेबमोजिम रोजगारीमा नलगाइ ठगी गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए ।

प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३३ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव