सैलुनमा तालु खुइलेहरुको भीड लागेपछि शङ्का गरी प्रहरीले छापा मार्दा… « Khabarhub

सैलुनमा तालु खुइलेहरुको भीड लागेपछि शङ्का गरी प्रहरीले छापा मार्दा…


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.1k
Shares
  • change font
  • change font
  • change font

इटाली- इटालीको एउटा सैलुनमा तालु खुइलिएका मान्छेको भीड लागेपछि प्रहरीले छापा मार्दा लागूऔषध फेला परेको छ ।

इटालीको जेनोआ सहरमा रहेको सैलुनमा तालु खुइलिएका र दारी नभएका मान्छेको भीड लागेपछि प्रहरीले आशङ्का गरी छापा मारेको हो । छापा मार्ने क्रममा लागूऔषध कारोबारी प्रहरीको फन्दामा परेका थिए ।

जेनोआको फोसे क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचना पाएपनि प्रहरीले ठोस सबुत हात पार्न सकेको थिएन ।

सो क्षेत्रमा हुने शङ्कास्पद गतिविधिको निगरानीका लागि प्रहरीले टोली खटाएसँगै उक्त सैलुनमा तालु खुइलिएका र दारी नभएका मानिसको भीड हुने गरेको पत्ता लागेको थियो ।

५५ वर्षीय पुरुषले सञ्चालन गरेको उक्त सैलुनमा आउने मानिस बाहिर निस्किँदा पनि जस्ताकोतस्तै देखिन्थे । पछि थप अनुसन्धान गर्दै जाँदा त्यस ठाउँमा लागूऔषधको कारोबार हुने गरेको खुलेको थियो । प्रहरीले त्यहाँ छापा मार्दा चरेश, कोकेनजस्ता लागूऔषध फेला परेको थियो । प्रहरीले सैलुन सञ्चालकलाई पक्राउ गरी कारागार चालन गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको