सैलुनमा तालु खुइलेहरुको भीड लागेपछि शङ्का गरी प्रहरीले छापा मार्दा… « Khabarhub

सैलुनमा तालु खुइलेहरुको भीड लागेपछि शङ्का गरी प्रहरीले छापा मार्दा…


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.1k
Shares
  • change font
  • change font
  • change font

इटाली- इटालीको एउटा सैलुनमा तालु खुइलिएका मान्छेको भीड लागेपछि प्रहरीले छापा मार्दा लागूऔषध फेला परेको छ ।

इटालीको जेनोआ सहरमा रहेको सैलुनमा तालु खुइलिएका र दारी नभएका मान्छेको भीड लागेपछि प्रहरीले आशङ्का गरी छापा मारेको हो । छापा मार्ने क्रममा लागूऔषध कारोबारी प्रहरीको फन्दामा परेका थिए ।

जेनोआको फोसे क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचना पाएपनि प्रहरीले ठोस सबुत हात पार्न सकेको थिएन ।

सो क्षेत्रमा हुने शङ्कास्पद गतिविधिको निगरानीका लागि प्रहरीले टोली खटाएसँगै उक्त सैलुनमा तालु खुइलिएका र दारी नभएका मानिसको भीड हुने गरेको पत्ता लागेको थियो ।

५५ वर्षीय पुरुषले सञ्चालन गरेको उक्त सैलुनमा आउने मानिस बाहिर निस्किँदा पनि जस्ताकोतस्तै देखिन्थे । पछि थप अनुसन्धान गर्दै जाँदा त्यस ठाउँमा लागूऔषधको कारोबार हुने गरेको खुलेको थियो । प्रहरीले त्यहाँ छापा मार्दा चरेश, कोकेनजस्ता लागूऔषध फेला परेको थियो । प्रहरीले सैलुन सञ्चालकलाई पक्राउ गरी कारागार चालन गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : १२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले