सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि | Khabarhub Khabarhub

सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनगढी– आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो।

रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो।

धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन। 

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे। अठारौं ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए। लगत्तै ओभरमा तृतराज दासले बसन्त कार्की र दीपक चन्दको विकेट लिए। 

जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट बाँकी रहेको थियो। अन्तिम ओभर बलिंग गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो।  सत्यवतीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन ४ ओभरमा १५ रन खर्चिए।

तृतराज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १-१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो। सत्यवतीको ब्याटिङमा पाँचौ नम्बरमा ब्याटिङ गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : २३ बजे

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता