समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताएका छन् ।

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताए ।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात जनजीवनमा सहजता हुने बताए ।

विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताए । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरु भएको थियो । तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्ष अगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : २८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार