सातौँ दक्षिण एसियालीमा पदक जित्ने खेलाडी सम्मानित « Khabarhub

सातौँ दक्षिण एसियालीमा पदक जित्ने खेलाडी सम्मानित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

भरतपुर– सातौँ दक्षिण एसियाली करातेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि सङ्घले नगदसहित सम्मान गरेको छ ।

सङ्घले आज एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही रु १०–१० हजार र सम्मानपत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई रु पाँच हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

पार्वतीले २१ वर्षमुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । यस्तै निक्षाले २१ वर्षमुनि ४० केजी तौल समूहमा रजत पदक जितेका थिए । राष्ट्रका लागि पदक जितेका खेलाडीलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको सङ्घका अध्यक्ष कार्कीको भनाइ छ ।

सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उपप्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते सङ्घ चितवनका अध्यक्ष चित्रबहादुर राना, सङ्घ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ३३ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका