कांग्रेसको विधान परिमार्जन गर्नुपर्छ : महामन्त्री थापा « Khabarhub

कांग्रेसको विधान परिमार्जन गर्नुपर्छ : महामन्त्री थापा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

‘पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन’, उनले भने ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापाले बताए । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ३७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर