लिबियामा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द « Khabarhub

लिबियामा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाली अधिकारीहरुले मुलुकको दक्षिणी भेगमा चिनियाँहरुले सञ्चालन गरेको सुन खानी बन्द गरेका छन् । दक्षिणी लिबियाको स्थानीय अधिकारीहरुले विज्ञप्ति जारी गर्दै लिबियाली नागरिकको नेतृत्वमा चिनियाँहरुले सञ्चालन गर्दै आएको अवैध सुन खानी बन्द गरिएको हो ।

दक्षिणी मरुभूमि क्षेत्रमा सञ्चालित ४ सुन खानीहरु बन्द गरिएको जनाइएको छ । ती खानीको सञ्चालनमा चिनियाँसहित चाडियन र नाइजेरियन नागरिकको पनि सहभागिता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

खानी सञ्चालनमा सहभागी विदेशी नागरिकहरु अवैधानिक रुपमा लिबियामा बसिरहेको लिबियाको महान्यायाधीवक्ताको कार्यालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मुलुकको दुई तिहाइ हिस्सा मरुभूमिले ओगटेको लिबियामा यसअघि सुन खानी सञ्चालनमा रहेकोबारे विस्तृत विवरण आएको थिएन । यद्यपि केही समयअघि लिबियाली अधिकारीहरुले मुलुकको पश्चिममा सञ्चालित सुन खानी बन्द गरेर दर्जनौँ चिनियाँ नागरिकलाई पक्राउ गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : ५१ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले