परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता « Khabarhub

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको उनले बताए।

पत्रकारको प्रश्नमा उनले भने, ‘मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्याद्र्यी जोशीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।’

मन्त्री साउदले भने, ‘१४ र १५ डिसेम्बरमा आर्मिनियाको एरेवानमा आयोजना भएको भूपेरिवेष्टित मुलुकका मन्त्रीहरूको बैठकमा पनि म सहभागी भएको थिएँ । बैठकमा नेपालजस्ता मुलुकलाई लगानीयोग्य स्रोतको कमी भएको र व्यापार अभिवृद्धि गर्न एवं रोजगारी सिर्जना गर्न कठिन भएको विषय राखेको थिएँ ।’

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ०४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा