अन्तर्राष्ट्रिय

बजारमा देखिएको नयाँ विकल्प

By मनोज घिमिरे

January 17, 2023

काठमाडौँ – ताडीका तेलहरूको माग बजारमा बढ्दो छ । यो माग घटाउन धेरै उपायको खोजी पनि भईरहेको छ । यो मागलाई पुरा गर्ने क्रममा अहिले ल्याबबाट नै यसको विकल्प खोजिएको छ । सिंगापुर अन्तर्राष्ट्रिय विमान स्थलमा भेटिएका सारा टिकुले एक दशक अगाडी नै ताडीको तेलको वैकल्पिक अवधारणा ल्याएकी थिइन् ।

सन् २०१३ मा पूर्वी एसियाली देश जानेहरूले अनौठो अनुभव गरेका थिए । इन्डोनेसियामा ताडीको तेललाई प्रशोधन गर्ने क्रममा यसको असर सीमा पार गर्दै सिंगापुरसम्म पुगेको थियो । सिंगापुर मै ल्याबमा काम गर्नेहरूले पनि यसको असर महसुस गरेका थिए ।

इन्डोनेसियाका किसानहरूले ताडीको रुख र अन्य कृषि जन्य पदार्थका लागि तयारी गर्ने क्रममा यसलाई ठिक पारेका थिए । एक दशक पछि सारा टिकुको अभियानले सार्थकता पाएको ल्याबबाट ताडी तेलको विकल्पले मुर्त रूप लिनै आटेको छ । वर्ल्ड वाइड फन्ड फर नेचर एफएफडब्लुका अनुसार ताडीको तेल संसारकै सबैभन्दा धेरै उत्पादन हुने तरकारी जन्य तेल हो ।

यो खाने कुराका लागि मात्र होइन, शृङ्गारिक बस्तुको रूपमा पनि उत्तिकै परिचित छ । गन्धहीन, स्वाद हीन र रङ्गहीन यस तेलको माग अत्यधिक नै बढ्दो छ । यसका बाबजुद यसले खानेकुरालाई त स्वादिलो बनाउँछ नै मानिसलाई बढी चमकदार पनि बनाउँछन् भन्ने विश्वास छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा डलर प्रदाय गर्ने बिल गेट्सको माइक्रोसफ्ट लगायत अन्य कम्पनीको पनि त्यसमा सहयोग छ । यसले चार वर्षको कार्यक्रम राखेको छ ।

यसले आफ्ना विशेषता उच्च तापक्रममा पनि जोगाइ राख्न सक्ने भएकाले यसको लोकप्रियता अझ बढेको हो । एफएफजेडकै तथ्यांक अनुसार संसारका आधा सुपर मार्केटमा यो तेल पाउन सकिन्छ । यो चकलेट, स्याम्पु र पिज्जा लगायत सर्वत्र प्रयोग पनि हुने गरेको छ ।

टिकुकै विचारमा पाम तेल हरेक व्यक्तिको जीवनको एउटा अति आवश्यक पदार्थ झैँ भई सकेको छ । जसलाई सबैले प्रयोग गरेका हुन्छन् । यसको अत्यधिक मागकै कारण यो रूप धेरै भएको स्थानमा हरेक दिन बन जङ्गलको समेत नास हुँदै आएका छन् । यी क्षेत्र तातो, उष्ण प्रदेशीय र भू मध्यसागरीय क्षेत्र विशेष छन् ।

ताडीको यो रुख पाइने मुख्य स्थान मलेसिया र इन्डोनेसिया हो । सन् १९७० मा ३.३ मिलियन हेक्टरको यो लगाइएको थियो भने अहिले यो क्षत्र बढेर २०२० सम्ममा नै २८.७ हेक्टरमा यो रूप रोपिएको छ । सन् २०२१ मा ६२।३ बिलियन डलर बराबरको व्यापार त्यस क्षेत्रमा भएको छ । सन २०२८ मा यो बढेर ७५.७ बिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

बैंकिङ क्षेत्रको मुख्य लगानी कर्ताको रूपमा न्यु योर्कमा सक्रिय टिकुले त्यसै सहरमा सन् २०१८ मा केन्द्रको स्थापना गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्षेत्रमा डलर प्रदाय गर्ने बिल गेट्सको माइक्रोसफ्ट लगायत अन्य कम्पनीको पनि त्यसमा सहयोग छ । यसले चार वर्षको कार्यक्रम राखेको छ । यो बनाउने सम्पूर्ण कार्यक्रमलाई प्याकेज पार्म लेस नामकरण गरिएको छ ।

तिनीहरूले खमिरको एक स्ट्रेन उब्जाउने काम गर्छन् । यसको काम तेल निकाल्ने नै हो । अहिले अरबमा उब्जनी भएका उखु ल्याएर चीनी बनाइने छ । यी दुईको मिश्रणले बन्ने तेलले ताडीको तेलको धेरै गुण बोक्ने उनीहरूको भनाइ छ ।

कार्यक्रम सी १६ बायोसाइन्समा हुने छ । यसै सी १८ बायोसाइन्सका प्रवक्ता अनुसार यो सबै कार्यक्रमका लागि ७ दिन लाग्ने छ । परम्परागत ताडीको तेलमा बिउ रोपेको एक वर्षसम्म त यसको कुने अर्थ नै देखिँदैन । ताडीको रूपमा पूर्ण परिपक्व हुन नै सात वर्ष लाग्छ ।

अन्य खान योग्य तेलका लागि उष्णक तटबन्धीय क्षेत्रका आवश्यकता पर्छ । यी क्षेत्र कृषिका लागि पनि उपयुक्त हुने गर्छन् ।

कम्पनीले अहिले नै अन्य धेरै सौन्दर्यसँग सरोकार राख्ने निकायसँग सहकार्य सुरु गरी सकेका छन् । यसमा मोस्चराइजर्स, नोरुसिङ तेल र अन्य धेरै छन् । सन् २०२४ सम्ममा उनीहरूले खाद्य उत्पादक कम्पनीसँग सहकार्य सुरु गरी सक्ने जनाएका छन् ।

अहिले ताडीको माग बढ्नुका थप कारण पनि छन् । यसको उत्पादकत्वका कारण पनि यसो भएको हो । एक हेक्टरमा ताडीबाट जत्ति तेल उत्पादन हुन सक्छ, त्यत्ति तेल अन्य कुनै पनि क्षेत्रबाट उत्पादन नहुन सक्छ । बाथ विश्वविद्यालयका प्राध्यापक कृश चकका अनुसार एक हेक्टर जमिनमा एक वर्षमा एक हजार केजी ताडीको तेल उत्पादन हुन सक्छ । त्यसै स्थानमा सूर्यमुखी तेलको उत्पादन गर्ने हो भने ४ सय केजी मात्र उत्पादन हुन्छ ।

अन्य खान योग्य तेलका लागि उष्णक तटबन्धीय क्षेत्रका आवश्यकता पर्छ । यी क्षेत्र कृषिका लागि पनि उपयुक्त हुने गर्छन् । यस कारण ती क्षेत्रमा सबै कुरा गर्न कृषि योग्य क्षेत्रकै पनि प्रयोग गर्नु पर्ने हुन्छ ।

प्राध्यापक चुक र उनको टोली अहिले सबै तीर धेरै खमिरको खोजीमा लागेका छन् । त्यो टोलीमा जीव वैज्ञानिक, रसायन शास्त्री, मेकानिकल इन्जिनियर, केमिकल इन्जिनियर खाद्य वैज्ञानिकसमेत छन् । यिनीहरू सबैको लक्ष्य धेरै मात्रामा खमिरको खेल उत्पादन गर्ने नै हो । खमिरलाई लामो समय जोगाइ राख्नका लागि एउटा विशेष वातावरणको आवश्यकता हुन्छ । जसका कारण यसलाई धेरै पछिसम्म पनि प्रयोग गर्न सकिन्छ ।

खमिरको धेरै स्ट्रेनको अध्ययन गरी सके पछि उनीहरू एमपी भनिने स्ट्रेनलाई सबैभन्दा उपयुक्त ठान्न थालेका छन् । खानेकुरामा प्रयोग गर्दा पनि यसले धेरै उथलपुथल त गर्दैन । यो घाँस र अन्य खर गएको स्थानमा पनि प्रयोग गर्न सकिन्छ । काट्ने समयमा नै यसका घाँसहरू तेलले भरि सकेका हुने छन् ।

यसको तेल बाहेकका अन्य भाग पनि खेर भने जाने छैनन् । यसलाई सोया प्रोटिनको विकल्पमा प्रयोग गर्न सकिने छ । वैज्ञानिकहरूले मलेसिया र इन्डोनेसियामा अहिले ताडीको तेल प्रसाधन गर्दा भइरहेको ग्रिन हाउस ग्यास उत्सर्जनको मात्रमा समेत यसले कमी ल्याउने विश्वास गरिएको छ ।

सन् २०१५ मा पेरिस सम्झौतामा सबै देशले जलवायु परिवर्तनमा सचेत हुने सहमति भएको थियो ।

उत्पादन क्षेत्रका सफल अध्ययन पछि यो टोली अहिले बजारको अध्ययन गर्न व्यस्त छ । क्ल्सन फुड समूहसँग यसको सहकार्यका कुरा अघि बढेका छन् । बेलायतका धेरै स्थानमा यो समूहको सहकार्य सुरु भइसकेको छ ।

प्राध्यापक चुकका अनुसार ५ वर्षमा ५ लाख लिटर तयार हुने छ । यसले ताडीको तेललाई राम्रै चुनौती दिने छ । संसारका धेरै कम्पनीमा त्यस समय सम्ममा यसको आकर्षण बढी सकेको हुने छ । ताडीको तेलका कारण जलवायु परिवर्तनमा पनि धेरै नै असर परेको कुरा नकार्न सकिँदैन । यस समयको मेहनतका कारणका त्यो दुष्प्रभावमा समेत कमी आउने विश्वास उनीहरूले लिएका छन् ।

प्राध्यापकका विचारमा यो उत्पादन, बजार र वितरणसम्मको प्रक्रियामा लामो उतार चढाव आउन सक्ने छ । तर, यसले विश्व बजारमा पक्कै पनि असर गर्ने छ । जलवायु परिवर्तनका कारण बिस्तारै ताडीको तेलको उत्पादनमा असर गरेका छ भने यसको प्रशोधनको क्रममा जलवायु परिवर्तनका दुष्प्रभावलाई पनि बढाएको छ । मुख्य सिजनमा हुँदै आएको अनावृष्टिले ताडीको उत्पादनमा कमी आउने सम्भावना समेत प्रबल देखिएको छ ।

इन्डोनेसियाको बारे त एउटा आश्चर्य लाग्दो तथ्यांक छ । सन् २०१५ मा पेरिस सम्झौतामा सबै देशले जलवायु परिवर्तनमा सचेत हुने सहमति भएको थियो । त्यसै वर्ष इन्डोनेसियामा अक्टोबर महिनामा मात्र २६ लाख हेक्टर जमिन नास गरिए ।

यसका कारण जर्मनीमा एक वर्षमा हुने जत्ति कार्बन उत्सर्जन त्यो एउटै घटनाले भएको थियो । जैविक विविधताको नास त अर्को क्षति छदै छ । यी सबै घटनाका कारण वातावरण सन्तुलन राख्न पनि ताडीको तेलको विकल्प आवश्यक थियो । सायद अबको केही वर्षमा मलेसिया र इन्डोनेसियाको यो जङ्गल फडानीको क्रम रोकिने छ ।

(श्रोत : बीबीसी लगायत)