सांकेतिक तस्बिर

देश/प्रदेश

पाल्पामा भिरबाट लडेर ज्येष्ठ नागरिकको मृत्यु

By खबरहब

January 17, 2023

काठमाडौँ- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भिरबाट लडेर मृत्यु भएको छ ।

मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । घटनाका सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।