शोकलाई शक्तिमा बदल्न मन्त्रिपरिषद् विस्तार ! « Khabarhub

शोकलाई शक्तिमा बदल्न मन्त्रिपरिषद् विस्तार !

नयाँ पर्यटनमन्त्री किरातीको अग्निपरीक्षा


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : ४८ घण्टाअघि पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा देश पुरै शोकमा डुबेको थियो । जसको चार घण्टापछि विमानमा रहेका सबै यात्रु र चालकदलका सदस्यको मृत्यु भएको पुष्टि भयो ।

अचानक ७२ जनाको ज्यान जाने गरि भएको दुर्घटनाले एकपटक नेपालको हवाई सुरक्षाबारे सबैको मथिंहल हल्लाइदिएको छ । किनकी नेपाली आकाश वर्षौदेखि युरोपियन युनियनको कालोसूचिमा छ ।

यस्तो अवस्थामा सुरक्षित मानिएको ७१ सिटे एटीआर जहाज पनि दुर्घटनामा परेपछि पछिल्ला दुई दिन यता आम नेपालीको टाउको दुखेको छ । एकाएक ७२ जनाको ज्यान गएपछि सबैजना शोकमा छन् ।

नेपालको विमान दुर्घटनामा ७२ जनाको ज्यान जाँदा फेरि एकपटक नेपाली आकाश असुरक्षित रहेको ठहर विदेशी सञ्चारमाध्यममा चर्चा भइरहेको छ । यो हेर्दा सामान्य देखिएपनि नेपालको छवि धुमिल्याउन धेरै ठूलो दुर्घटना हो ।

तर नेपाल सरकारले यति ठूलो दुर्घटनालाई निकै सानो मात्रै बनाएन, गैरजिम्मेवार रुपमा प्रस्तुत भईदिएको छ । सूरुमा सरकारले पोखरा दुर्घटनाको भोलिपल्ट शोक बिदा दियो । रात दिन नभनी काममा लाग्नुको साटो सरकारले सार्वजनिक बिदा दिएर हाइसञ्चो मनायो । जुन आफैँमा विवादित र आलोचित भयो ।

शोकलाई शक्तिमा बदल्न रातदिन नभनी नेतृत्वलाई बर्खास्त गर्दै नयाँ नेतृत्वसहित नेपाली उड््डयन क्षेत्रमा केही गर्नुपर्ने बेलामा सरकारले मन्त्रिपरिषद् विस्तार गरेर अर्को गैरजिम्मेवारीपन देखाएको छ ।

अचम्म त के भने सरकारले मन्त्रिपरिषद् विस्तार अघि र पछि केवल एउटा छानबिन समिति बनाएर भटाभट मन्त्रीलाई शपथ खुवाएको छ । शोकलाई शक्ति बदल्न मन्त्रिपरिषद् विस्तार गर्न सकेको सन्देश दिन चुकेको सरकारले शोक बिदा दिएर आफ्नो जिम्मेवारीबाट पन्छिएको भान हुन्छ ।

सरकारमा नयाँ मन्त्री बनेकाहरु खुशी देखिन्छन् । शिक्षण अस्पतालबाट पोखराबाट ल्याइएका शब र उनीहरुका आफन्त छुट्टै पीडामा छन् । हिजोसम्म विमान चढ्न डराएकाहरु पनि आजदेखि नियमित दैनिकीमा फर्किएका छन् ।

अस्तिसम्म भयानक भनिएको पोखरा विमान दुर्घटना आज भने सामान्य ठान्न थालिएको छ । त्यसमाथि अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भएको बेला सबै राजनीतिक दल, सरकार प्रमुख, राष्ट्रप्रमुखदेखि सबै जना एकजुट भएर आगामी दिनमा सबै संयन्त्रलाई उच्चस्तरीय बनाएर विशेष निगरानी समिति गठन गरेर काम गर्नुको साटो सरकार आफ्नै भागबण्डाको कर्मकाण्डीमा लागेपछि सरकारप्रति निराशा थपिनु स्वभाविक जस्तो लाग्छ ।

यस्तो बेलामा कम्तीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका सुदन किराँतीले अब कसरी काम गर्छन् हेर्न बाँकी छ । नयाँ मन्त्री भएका उनले केही न केही काम गर्ने अपेक्षा छ । माओवादीमा ठूलो संघर्ष गरेर युवाकालमै मन्त्री बन्न सफल उनी केही न केही काम गर्न हुटहुटी भएका नेता पनि हुन् ।

यस्तो अवस्थामा कम्तीमा पोखरामा भएको भयानक दुर्घटनालाई सम्बोधन गरेर त्यसको दिगो समाधान तथा आगामी दिन हवाई सुरक्षालाई मजबुत बनाउँदै काम अगाडि बढाएको खण्डमा मात्रै नेपाली आकाश र पर्यटनमा केही राहत होला । अन्यथा नेपालको हवाई दुर्घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालकै छवि बारम्बार थप धुमिल हुनेमा शंका छैन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : ०८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित