हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु | Khabarhub Khabarhub

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा काठमाडौँबाट उडेको उक्त विमानले बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यससँगै नेपालको काठमाडौँ र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान हुन पुगेको छ ।

चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो ।

तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका विभिन्न मुलुकमा जानसक्ने भएका छन् ।

त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ५० बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै