भारत-बंगलादेश अन्तर्राष्ट्रिय पाइपलाइन फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने | Khabarhub Khabarhub

भारत-बंगलादेश अन्तर्राष्ट्रिय पाइपलाइन फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १३० किलोमिटर लम्बाईको भारत-बंगलादेश अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइन आगामी फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने भएको छ । यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई जोड्नेछ ।

भारत बंगाल मैत्रि पाइपलाइन नाम दिइएको यो परियोजना आगामी फेब्रुअरी महिनामा सञ्चालनमा आउने आसामबाट प्रकाशित हुने आसाम ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी समकक्षी शेख हसिनाबीच सन् २०१७ मा हरेक वर्ष १० लाख मेट्रिक टन इन्धन आपूर्ति गर्ने क्षमताको पाइपलाइन निर्माण गर्ने सहमती भएको थियो । यस परियोजना निर्माणको काम सन् २०१८ को सेप्टेम्बर महिनामा सुरु गत डिसेम्बर १२ मा सकिएको थियो ।

३ अर्ब ७७ करोड भारतीय रुपैयाँको लागतमा यस परियोजना निर्माण गरिएको आसाम ट्रिब्युनले जनाएको छ । जसमध्ये ९१ करोड ८४ लाख भारतीय रुपैयाँ भारत सरकारले र बाँकी २ अर्ब ८५ करोड भारतीय रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा बंगलादेशले लगानी गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग