केन्टकीद्वारा सरकारी उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध « Khabarhub

केन्टकीद्वारा सरकारी उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको केन्टकी राज्यले पनि साइबर सुरक्षा चिन्तालाई मध्यनजर गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । यससँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राज्यको संख्या २० भन्दा धेरै पुगेको छ ।

राज्यका कर्मचारीहरूलाई ‘कानून कार्यान्वयन उद्देश्यबाहेक’ चिनियाँ स्वामित्वको एप सरकारी डिभाइसमा प्रतिबन्ध लगाउनका लागि आफ्नो कर्मचारी पुस्तिका पनि अद्यावधिक गरेको छ ।

भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएअनुसार बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलाइनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्साले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाका केही राज्यहरूले टिकटकमाथि प्रतिबन्ध लगाउन अपेक्षाभन्दा लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्कन्सिनले चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा पनि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ३० बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार