मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि « Khabarhub

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ ।

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा जनमत पार्टीका तर्फबाट अब्दुल खानले सपथ लिएका थिए ।

“हाम्रो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो”, खानले भने, “सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि अस्वीकार गरिएको हो ।”

सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रुपमा पदबहाली नगरेको उनले स्पष्ट पारे । उपाध्यक्ष खानले मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ३८ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको