मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि « Khabarhub

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ ।

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा जनमत पार्टीका तर्फबाट अब्दुल खानले सपथ लिएका थिए ।

“हाम्रो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो”, खानले भने, “सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि अस्वीकार गरिएको हो ।”

सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रुपमा पदबहाली नगरेको उनले स्पष्ट पारे । उपाध्यक्ष खानले मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ३८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख