कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने | Khabarhub Khabarhub

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउँसो १ बजे हुने भएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी दिए । उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिए।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्यविभाजन गरिएको बताए ।

उनका अनुसार मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीयमन्त्री बनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ५३ बजे

१२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने, यस्तो छ समितिको प्रतिवेदन

काठमाडौं– सरकारले पन्ध्र मिटरभन्दा कम र १२ जनासम्म यात्रु बोक्ने

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र