छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन् « Khabarhub

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

बलेवा– वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे ।

बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छोड्न जान थालेका थियो । काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पु¥याउन जान्थे ।

केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई उडाउन जहाज चडेरै काठमाडौँ पुगे। बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू भने घर फर्किएनन । शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए ।

बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए। पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए । “कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन ।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५