छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन् « Khabarhub

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

बलेवा– वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे ।

बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छोड्न जान थालेका थियो । काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पु¥याउन जान्थे ।

केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई उडाउन जहाज चडेरै काठमाडौँ पुगे। बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू भने घर फर्किएनन । शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए ।

बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए। पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए । “कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन ।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५८ बजे

जथाभावी फालेको फोहरले मेलौली बजारक्षेत्र दुर्गन्धित

बैतडी – बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको

पानी नपरेपछि सामूहिक पूजा

पाल्पा– लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

राँझा – नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी

समयमै काम नसक्नेसँग ठेक्का तोड्दै सडक विभाग 

काठमाडौँ– सडक विभागले पटकपटक अवधि थप हुँदा पनि सम्पन्न नभएका

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३