लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे | Khabarhub Khabarhub

लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुसीकोट– गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चैबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो ।

दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजोआज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली सङ्गीत हराउँदै जान थालेको स्थानीयवासी रविलाल नेपालीले बताए ।

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चैबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चैबाजा बजाउन नसिक्दा पञ्चैबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसीकोटका भागिराम परियार बताए ।

पञ्चैबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुन सकेको छैन । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न ¥याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउनेजस्ता काम गर्ने गरे पनि बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको मुसीकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताए ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणका लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक गाजाबाजाको कारण पनि पञ्चैबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ ।

“मौलिक कला, संस्कृति र सङ्गीत हाम्रा अमूल्य सम्पति हुन्”, देवकोटाले भने, “हाम्रा पुर्खाले कयौँ कला, संस्कृति र सङ्गीतको विकास गरेका छन् ।” यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । पञ्चैबाजासहित अन्य लोक संस्कृतिको मुहार आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : २६ बजे

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।