हात्तीको आक्रमणबाट वृद्धको मृत्यु | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धरान- हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न जानुभएका माझीलाई आज बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए।

एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् । रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयवासी भेला भएर एकै स्थानमा बस्दै आएका छन् । अठ्ठाइस वटासम्म हात्ती आफूले देखेको स्थानीयवासी महेन्द्र कार्कीले बताए ।

बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका वडा नं १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बीच पानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । वडा नं ३ मा हालसम्म दुई वटा घरमा क्षति पु¥याएको वडाध्यक्ष लामाले बताए । यी क्षेत्र जङ्गलसँग जोडिएको छ । वडा नं १, २, ३ र ५ मा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : ३६ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार