अखिल अध्यक्षमा बडाल, महासचिवमा रोकाया निर्वाचित « Khabarhub

अखिल अध्यक्षमा बडाल, महासचिवमा रोकाया निर्वाचित


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । अन्तिम मतपरिणामअनुसार बडाल बिजयी भएका हुन् । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका छन्।

यसैगरी,  उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया विजयी भएका छन्।

यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले चुनिएका छन्।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन् । यद्यपि, यसको औपचारिक घोषणा भएको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : १५ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग