कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जना पक्राउ « Khabarhub

कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जना पक्राउ



दोहा – कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जनालाई कतार प्रहरीले पक्राउ गरेको छ।

यहाँको राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभागले तस्करी, आश्रय र गैर कानुनी रूपमा घरेलु कामदारलाई काममा लगाउने अफ्रिकाका १९ जनालाई पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तस्करी र अवैध कामदारलाई आश्रय दिने जानकारी प्राप्त भएपछि आवश्यक अनुमति लिएर घरमा छापा मार्दा १९ जना पुरुष र महिलालाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूले सोधपुछ गर्दा आश्रय दिने, गैर कानुनी रोजगारी लगाउने, फरार कामदारलाई सघाउने र आश्रय दिएर बस्ने प्रयोजनका लागि कानुन उल्लङ्घन गरेको आरोप स्वीकार गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले थप कानुनी प्रक्रियाको लागि उनीहरूलाई सम्बन्धित निकायमा पठाइएको जनाएको छ। कुनै पनि कानुनी जबाफदेहिताबाट बच्न श्रम कानुन उल्लङ्घन गर्नेसँग व्यवहार नगर्न मन्त्रालयले अनुरोध गरेको छ। यदि शङ्का लागेको खण्डमा मेट्रास टु आवेदन मार्फत रिपोर्ट गर्न भनेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ४४ बजे

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको