सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै « Khabarhub

सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन्।

काठमाडौं, टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

शिवरात्रिका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका पूर्व प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको छ ।

नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ। हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ११ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको