राष्ट्रियताको रक्षा गर्न फ्रन्टलाइनमै छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

राष्ट्रियताको रक्षा गर्न फ्रन्टलाइनमै छु : प्रधानमन्त्री प्रचण्ड


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमै भएको बताएका हुन्।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरे पछि जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका हुन् ।

सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति भए मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : २९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको