निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो  « Khabarhub

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरूपताको खाँचो रहेको बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उनले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिए।

व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उनले अहिले साना व्यवसायीमा समस्या देखिएको बताए। उनले भने, ‘महासङ्घले सबै व्यवसायीलाई साना-ठूला सबैलाई समानरूपमा हेर्नुपर्छ ।’

समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले व्यवसायीलाई भने, ‘गुणस्तरीय काम गर्नुहोस्, समयमा काम सक्नुहोस् र कसैसँग नझुक्नुस् ।’ नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर सङकट समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘तपाईँहरू नथाक्नुहोस्, अहिले थाक्ने समय होइन ।’

कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताए । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उनले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिए। उनले भने, ‘निजामती कर्मचारी, निर्माण व्यवसायी र सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्छ ।’

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई सबैले स्वीकार गर्नुपर्ने बताए । सरकारले हरेकपटक ऐन परिवर्तन गर्दा आफूखुशी गर्ने भएकाले समस्या बढ्दै गएको उनको भनाइ छ । कोभिड र रुस-युक्रेनको युद्धका कारण निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

साधारणसभामा बोल्ने व्यवसायीले बैंकको ब्याजका कारण निर्माण व्यवसायी धराशायी बन्दै गएको गुनासो गरेका थिए । बैंकका कारण साना व्यवसायी ठूलो समस्यामा परेको उनीहरूको भनाइ थियो ।

 सार्वजनिक खरिद ऐन संशोधन विधेयक निर्माण व्यवसायीलाई समस्या पार्नेगरी ल्याउन लागिएको उनीहरूको गुनासो छ । यसलाई निर्माण व्यवसायीबीच छलफलमा ल्याएर मात्रै सदनमा लैजान आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ५१ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका