सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र | Khabarhub Khabarhub

सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहकारी संस्थाप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

राज्यको नियम मानेर सञ्चालित सहकारी विरुद्ध धावा बोल्दै राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दुःखद रहेको भन्दै अभियानका तर्फबाट तीन बुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई आज अभियानकर्मीले बुझाएका हुन् ।

अभियानकर्मीको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनले अभियानका नाममा सहकारी क्षेत्रमाथि बोलिम्दै आएका धावा नियन्त्रण गर्न माग गरे । तीन बुँदे ध्यानाकर्षण पत्रमा सहकारी संस्थामा सदस्यले निक्षेप तथा बचतमा रु २५ लाख मात्र राख्न पाउने सहकारी ऐन, २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । सहकारी संस्थाको नियमन राष्ट्र बैंकले गर्नुको सट्टा सेकेण्ड टायर इन्स्टिच्युटमार्फत नियमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसद्मा छलफलको क्रममा रहकाले अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : १३ बजे

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान