आज दिउँसो काठमाडौँमा पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आज दिउँसो काठमाडौँमा पानी पर्ने सम्भावना


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।

आज काठमाडौँमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कँडेलको भनाइ छ। तर, लामो समयसम्म र ठुलो पानी नपर्ने उनले जानकारी दिइन्।

आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ०९ बजे

बिन्ध्याबासिनीले जित्यो सशस्त्र प्रहरी महानिरीक्षक कपको उपाधि

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा

दुई सातामा दुई सय हेक्टर वनमा डढेलो

गुल्मी – एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

वासिङ्टन – एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर

शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी

आजका समाचार : लुम्बिनीमा मुख्यमन्त्रीकाे विश्वासको मतदेखि घनश्याम चौधरी निलम्बनसम्म  

दिनभर आजमा  लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले पाए विश्वासको मत,राष्ट्रियसभामा अञ्जान शाक्यलाई